काठमाडौं ।
नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । सो पार्टीमा रहेका नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
नेता नेपालको नेतृत्वमा आयोग पुगेको टोलीले नयाँ दल दर्ताको लागि निवेदन दिएको हो ।
तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिइएको हो ।
एमाले समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् ।
बाँकी सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार ९५ जनाको केन्द्रीय कमिटी पार्टीमा रहनेछ ।
“एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य उपस्थित भएर नयाँ दल दर्ता गर्ने निर्णय गर्यौँ,” पाण्डेले भने, “एमालेभित्र ओलीले गरेको व्यवहार, संसदलाई पटक पटक भंग गर्ने काम गरे । संसद् र संविधानको रक्षाका लागि पटक पटक आवाज उठायौँ । कतैबाट पन सम्भव नभएपछि नयाँ दल एमाले समाजवादी दर्ता गरेका छौँ । चाँडै नै राष्ट्रिय सम्मेलन पनि गर्नेछौँ ।”
प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्