देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता साझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । तीन प्रभावशाली नेताहरुबीच बिहीबार (आज) बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाकाअनुसार भेटवार्ता अहिले पनि जारी छ । भानुकाअनुसार तीन नेताहरुबीच वर्तमान राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल भएको हो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेपालले बुधबार (हिजो) नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । श्रोतकाअनुसार तीन नेताबीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा समेत छलफल भएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij