बुटवल । नेपाली काँग्रेसको संशोधित विधान मस्यौदा महासमिति बैठकबाट सर्वसम्मतिले पारित भएको छ ।
विधान पारित भएसँगै नौ दिन अघि सुरु भएको काँग्रेस महासमिति बैठक पनि सम्पन्न भएको छ ।
महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटसमेत व्यक्त गरिएको छ ।
सरकारले दुई तिहाई बहुमतको दम्भमा विपक्षी दलहरुको भूमिकालाई गौण बनाउन खोजेको ,भ्रष्टाचारलाई संस्थागत गरेको,निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई कारबाही गर्न असफल भएको, विपक्षी कार्यकर्ता तथा समर्थकप्रति असहिष्णु र वैरभाव प्रदर्शन गरेको आरोप पनि कांग्रेसले लगाएको छ ।
साथै कांग्रेसले सरकारका क्रियाकलाप लम्परसावादमा परिणत भएको टिपीणी गरेको छ ।कालोबजारी, महंगी, असुरक्षाका कारण विदेशी लगानी घटेको तथा स्वदेशी पुंजी पलायन भएको कांग्रेसको ठहर छ ।
आइतबारको बैठकमा सभापति शेर वहादुर देउवाले विधान मस्यौदाका साथै महासमिति बैठकमा पेश भएका राजनीतिक, सांगठानिक, आर्थिक र लेखा प्रतिवेदनमा सहभागिहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
संघीय संरचना अनुसार काँग्रेसले विधान संशोधन गरेको हो ।
प्रकाशित मिति : सोमबार, पुष ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्