सरकार टिकाउन प्रधानमन्त्रि ओलीलाई हैरानी भएको छ: प्रकाण्ड (भिडियाे सहित)

सरकार टिकाउन प्रधानमन्त्रि ओलीलाई हैरानी भएको छ: प्रकाण्ड (भिडियाे सहित)

बुटवल ।बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडग बहादुर बिश्वकर्मा प्रकाण्डले प्रधानमन्त्रि केपी शर्मा ओलीलाई सरकार टिकाउन हैरानी भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा उहाले अरु कसैका कारणले नभई आफ्नै पार्टीका नेताहरुका कारण प्रधानमन्त्रि ओलीलाई ५।६ महिना पनि सरकार टिकाउन हैरानी परेको बताए ।

उनले भने -‘इतिहासकै बलियो जनसमर्थनको सरकार बनियो भनियो तर आफ्नै पार्टी भित्रका नेताहरुका कारण ओलीलाई यो सरकार ५।६ महिना पनि टिकाउन हैरानी भएको छ ।’

सरकार बिरुद्ध कडा रुपमा प्रस्तुत हुनु भएका प्रकाण्डले अहिलेको सरकार र सरकारका मन्त्रिहरु बिगतको भन्दा झनै बढी भ्रष्टाचारी भएको बताए । उनले भने -‘विगतमा काग्रेसका मन्त्रिहरुले लाख करोडमा भ्रष्टाचर गर्थे अहिले कम्युनिष्ट पार्टिका मन्त्रिहरुले अरबौमा भ्रष्टाचार गरीरहेका छन यसले कम्युनिष्ट पार्टीकै बितृष्णा जगाएको छ ।’

प्रकाशित मिति : सोमबार, पुष ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij