बुटवल-रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहितका ५ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन्। निर्वाचन कार्यालय भैरहवा पुगेर उनीहरुले समाजवादी रोजेको सनाखत गराएका हुन्।
उपप्रमुख काफ्लेले आफुले निर्वाचन कार्यालय गएर समाजवादीमा सनाखत गराएको बताइन्। उनीसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन्।
रुपन्देहीमा समाजवादी रोज्न बाँकी रहेका केही जनप्रतिनिधिले भोलि मंगलबार सनाखत गराउने जानकारी दिएको समाजवादी रुपन्देहीका संयोजक राजु गुरुङले जानकारी दिए।
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्