काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय छ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि पहिलोपटक प्रतिनिधि सभा बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्षीको विरोधबीच सरकारले सदनमा प्रतिस्थापन विधेयक पेस गरेको थियो।
आजको बैठकमा सांसद् प्रेम सुवालले शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सरकारले शुक्रबार प्रतिस्थापन विधेयक ल्याएको थियो। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ।
प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्