बुटवल ।
रुपन्देहीमा ८ महिने शिशुको हत्या गरेको आरोपमा आमा–बाबु पक्राउ परेका छन् । जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गयराति आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाहाको मृत अवस्थामा भेटिएका थियो ।
शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थिए । शिशुको हत्या भएकोे आंशकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घरमा शिशुका बाबु–आमा बाहेक अरु कोही पनि नरहेकोले उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । मृतक शिशुलाई पोष्टमार्टनका लागि पठाइएको र घटनाका बारेमा अनुसन्धान जारी रहेको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्