बुटवल-रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको गएराती मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर दुई दशक देखि पत्रकारिता गर्दै आएका ४५ वर्षीय चौहानको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा मृत्यु भएको नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले जानकरी दिए । चौहान प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य थिए ।
तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । त्यस अस्पतालमा उनको स्वास्थ्य अवस्था थप गम्भीर भए पछि भैरहवा मेडिकल कलेजमा लगिएको अवस्थामा गएराती मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराजा पोख्रेल जानकारी दिँदै दुख व्यक्त गरे । लुम्बिनी सांस्कृतिक नगरपालिका–११ काठी नदी घर भएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् ।
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्