कञ्चन-रुपन्देहीको कञ्चनमा आगलागी भई एक महिलाको मृत्यु भएको छ। कञ्चन गाउपालिका वडा नं.५ उत्तर भैसाही बस्ने नाथुराम थारुको बुहारी रञ्जित थारुको श्रीमति बर्ष २८ कि सीता थारुको आफ्नै कोठामा गत भदौ २५ गते राती करिब ११.३० बजेको समयमा आगलागी भई उपचारको क्रममा बुधवार ३० गते बिहान ४.०० बजेको समयमा मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो।
मृतकको शबको पोष्टमार्टम पछि ३० गते बुधबार नै दिउस २ बजे घर ल्याइएको र मृतक सीता थारुका माईती पक्षबाट आगलागी भएर मृत्यु नभई आगो लगाएर हत्या गरिएको भन्ने दाबी गरेका छन। मृतक सिता थारुका बुवा जंग बहादुर थारु र हौडी थारुले आगो लगाई जलाएर हत्या गरिएको दाबि सहित इलाका प्रहरी कार्यलय,सालझण्डीमा दोषीलाई त्तकाल कार्वाही गरियोस भनि जाहेरी दिएका छन।
श्रमितीलाई आगो लगाएर हत्या गरेका भनिएका मृतकका श्रीमान रञ्जित थारुलाई आवस्यक अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा ल्याईएको इलाका प्रहरी कार्यलय, सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनु भएको छ।
दोषीलाई कार्वाही हुनु पर्ने माईती पक्षले माग गरेपछि माईती र घर पक्ष बिच आवस्यक छलफल पश्चात् मृतकका श्रीमान रञ्जित थारुलाई आवस्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय,सालझण्डको जिम्मा दिइएको वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिएका छन।
मृतक थारुलाई हत्या गरिएको हो या आगो लागेर मृत्यु भएको हो भन्ने बारे आवस्यक अनुसन्धानका लागि माइती पक्षबाट दोषी ठानिएका रञ्जित थारुलाई नियन्त्रणमा लिइएको र पिडित पक्षबाट जोहरी आएपछि थप अनुसन्धान गरिने ईलाका प्रहरी कार्यलय,सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए।
प्रकाशित मिति : बिहिबार, भाद्र ३१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्