कांग्रेसकाे निर्णय : वडा अधिवेशन भएका जिल्लामा पालिका अधिवेशन ९ गते नै हुने

कांग्रेसकाे निर्णय : वडा अधिवेशन भएका जिल्लामा पालिका अधिवेशन ९ गते नै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । आज बुधवार सिंहदरबारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका राेकिएका प्रक्रियालाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढिसकेका प्रक्रियालाई निश्चित टुङ्गो गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुङ्गो लगाउने निर्णय भएको पनि बताउनुभयो । प्रवक्ता शर्माले पार्टीको पालिकास्तरीय अधिवेशनपछिका अन्य अधिवेशनको हकमा केन्द्रीय समितिले आवश्यकताअनुसार अघि बढाउँदै जाने निर्णय भएको समेत बताउनुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, ‘नेपाली कांग्रेस महाधिवेशनको क्रममा छ, यस क्रममा कतिपय जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लागेर सार्वजनिक हुन बाँकी छ, धेरैजसाे जिल्लाको हकमा भने वडा तहको अधिवेशन सम्पन्न भएर पालिका तहको अधिवेशन ९ गतेका लागि निर्धारित छ । आज बैठकले ९ गतेका लागि पूर्वनिर्धारित पालिकास्तरीय अधिवेशनलाई सम्पन्न गर्ने सन्दर्भमा सहमति बनाएको छ, अर्कोतर्फ ९ गतेभित्रै बाँकी जिल्लाको क्रियाशील सदस्यहरूको टुङ्गो लगाउने र आफ्नो काम गर्ने गतिलाई बढाउने निर्णय गरेको छ, त्यसका लागि निर्धारित समितिले काम गर्नेछ ’

प्रवक्ता शर्माले देशभरका नेपाली कांग्रेसका कार्यकर्तालाई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह गर्नुभयो । उहाँले सर्वसम्मत रूपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने ठाउँमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुङ्गो लगाउन अपिल पनि गर्नुभयो ।

प्रकाशित मिति : बुधबार, असोज ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij