बुटवल,
नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत यही अशोज ९ गते हुने नगरअधिवेशनकालागि बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ । पाण्डेको नेतृत्वको प्यानलमा उपसभापती ज्योती भण्डारी हितमान पुन,सचिव छायाँ पोखरेल र गंगा पन्थी,सहसचिवमा देवलाल अर्गली र पुरुषोत्तम खनाल रहनु भएको छ ।
पाण्डे बुटवल उपमहानगरको मौजुदा नगरसभापती हुनुहुन्छ । पाण्डेको प्यानल संस्थापन इतर पक्ष मानिन्छ । आज एक कार्यक्रमका बिच उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीको नगरकमिटिलाइ थप चलाएमान र शसक्त बनाउँदै सबैलाइ समेटेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । उमेदवारी घोषणासभा कार्यक्रमको अध्यक्षता गर्नुभएका काँग्रेसका जिल्ला सदस्य रामबहादुर कार्कीले आफुहरुले अन्तिम समय सम्म सहमतीको प्रयास गरीरहेपनि अर्को पक्ष सहमतीमा नआएर प्यानल खडा गरेपछि आफुहरुले पनि उमेदवारी घोषणा कार्यक्रम गरेको बताउनु भयो ।
प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्