ओलीको आरोप : प्रचण्डले पार्टी कब्जा गर्न नसके पछि विभाजन गर्न तर्फ लागे

ओलीको आरोप : प्रचण्डले पार्टी कब्जा गर्न नसके पछि विभाजन गर्न तर्फ लागे

?kGb]xL, #) ebf} M cWoIf cf]nLaf6 lhNnf :t/Lo sfo{stf{ e]nf ;Daf]wg g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL a'6jndf a'waf/ ?kGb]xL lhNnf :t/Lo cu'jf sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ . tl:a/M lg/f uf}td÷/f;;

काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको बताउनुभयो । पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनुभयो ।

उहाँले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको छ । यसो हुनुमा नवौँ महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’

प्रकाशित मिति : शुक्रबार, असोज १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij