कपिलवस्तु ।
कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ । बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षिया छोरा माधव बेल्वासेको शव फेला परेको हो ।
कोईली बनगाई देखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट पुल नजिकको कल्र्भट मुनि बेल्वासेको शव फेला परेको हो । कल्र्भट माथिबाट खसेर बेल्वासेको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाई छ ।
शव पोष्टमार्टमका लागि लैजाने तयारी भएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पुर्व भारतिय आर्मीबाट अवकास प्राप्त गरेका उनले मदिरा सेवन गर्ने गरेको र त्यसैकारण खसेको हुन सक्ने अनुमान गरेका छन् ।
उनका २ छोरा र एक छोरी रहेका छन् ।
प्रकाशित मिति : शनिबार, असोज १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्