११ जिल्लाका सिडिओ फेरिए, को कहाँ ?

११ जिल्लाका सिडिओ फेरिए, को कहाँ ?

काठमाडौं –गृह मन्त्रालयले विभिन्न ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओको सरुवा गरेको छ । शुक्रवारको निर्णय अनुसार सिडिओको सरुवा भएको हो । गृहका सहसचिव कमलराज ढकाल भोजपुर, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील वैद्यलाई लमजुङको सिडिओमा खटाइएको छ ।

यस्तै कास्कीमा जयनारायण आचार्यलाई पठाइएको छ । कास्कीमा सिडिओ रहेका थानेश्वर गौतमलाई सात महिना पनि नपुगी त्यहाँबाट हटाइएको छ ।

महोत्तरीमा वासुदेव दाहाल, डोटीमा शंकरबहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जीजी राना, मुगुमा रोमबहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको छ ।

प्रकाशित मिति : आइतबार, असोज १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij