माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सम्बन्धी तालिका संशोधन

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सम्बन्धी तालिका संशोधन

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान पत्रकारहरुलाई दिएको जानकारी अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको छ ।

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।
माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन पनि गरेको छ ।

माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।

यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५–२५ सदस्यीय गठन गरेको छ । निर्वाचन आयोग विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशल कुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ ।

भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय गठन गरिएको प्रवक्ता महराले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij