बुटवल
सियारी गाउपालिका वडा नम्बर ७ मा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बुटवल लायन्स आखा अस्पतालको प्राविधीक सहयोग र डाक फाउन्डेसनको को आर्र्थिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।सियारी गाउपालिका वडा नम्बर ७ मा आज निशुल्क आँखा शिविरमा ३५० जनाको आँखा जाच गरिएको थियो ।
उक्त जाच गर्ने मध्ये ५९ जनाको मोतीबिन्दु भएको भेटिएको तिनी बिरामीलाई बुटवल लायन्स आखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने भएको छ । आँखा शिविरमा बुटवल लायन्स आँखा अस्पतालका बाह्रिय कार्यक्रम संयोजक मनोहर न्यौपानेको प्राविधीक टोली र सियारी गाउपलिकाका समाजसेवी गोपाल पाण्डेको टोलीको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्