राजीनामा दिन प्रधान न्यायाधीशलाई बारको पाँच दिने अल्टिमेटम

राजीनामा दिन प्रधान न्यायाधीशलाई बारको पाँच दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशाेसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन बुधबारसम्मको अल्टिमेटम दिएको छ । शुक्रबार बसेको बारको बैठकले बुधबारसम्ममा राजीनामा दिन र नदिए कडा आन्दोलन गर्ने निर्णय गरेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

बुधबारसम्म हातमा कालोपट्टी बाँधेर बारमै विरोध प्रदर्शन गरिने उनले जानकारी दिइन् । बैठकले न्यायपालिकामा देखिएको समस्या र बारको निणर्य देशभरका ९० वटै एकाइमा परिपत्र गरी पठाउने र छलफल गर्ने, आइतबारदेखि बुधबारसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने र बुधबार धर्ना दिने, प्रधान न्यायाधीशलाई अब आफ्नो इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गर्ने निर्णय पनि गरेको उपाध्यक्ष बस्यालले जानकारी दिइन् ।

 

 

प्रकाशित मिति : शुक्रबार, कार्तिक १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij