सुर्खेत – कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ । नेकपा समाजवादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो ।
समाजवादी पार्टीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमर बहादुर थापा आजदेखि पदमुक्त हुनुहुनेछ । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनुभएको थियो ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिए पछि वैशाख ४ गते मन्त्रीमा नियुक्त भएका उहाँहरुले एमालेकाे कारबाहीमा परे पछि फेरि वैशाख १५ गते गैर सांसदका रुपमा मन्त्रीको शपथ खानुभएको थियो । गैर सांसद छ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार उहाँहरु पदमुक्त हुन लाग्नुभएको हो ।
अहिले एमाले विभाजन भए पछि उहाँहरु नेकपा (एकीकृत समाजवादी) मा हुनुहुन्छ । आज तीनै जना मन्त्रीहरुले राजीनामा दिने तयारी गर्नुभएको छ । आज तीन जना मन्त्री पदमुक्त भए पनि रिक्त रहेको ठाउँमा आफूहरुले नै मन्त्री पठाउने समाजवादी पार्टीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्