बुटवल
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायधिश चोलेन्द्र समशेर जवराले पदबाट राजीनामा गरेर मार्ग प्रसस्त गर्नु पर्ने बताएका छन ।प्रधानन्यायधिश जवरा कार्यपालिकामा भाग खोज्ने व्यक्ति भएको उल्लेख गदैै नेता कोइरालाले त्यस्ता व्यक्ति बिरुद्ध राजीनामा माग हुनु स्वभाविक भएको बताए ।
नेपाली काँग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले बुधबार बुटवलमा आयोजना गरेको सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य डा।कोइरालाले जवरालाइ कार्यपालिकामा भागबण्डा गर्न दिने पक्ष पनि उत्तिकै दोषी भएको बताए ।‘जवरा कार्यपालिकामा भागबण्डा खोज्ने व्यक्ति हुन । यसमा भाग लिने पक्ष मात्रै हैन भाग दिने पक्ष पनि उत्तीकै दोसी छ । काँग्रेसले यसमा बोल्नु पर्दैन, के हामी काँग्रेस भएकै कारण चुप लागेर बसेका हौ’ नेता कोइरालाले भने ।
नेता कोइरालाले आम नेता कार्यकर्ताको चाहाना अनुरुप नेपाली काँग्रेसले आगामी निर्वाचन एक्लै लडनु पर्ने धारणा पनि राखे । महाधिवेशन प्रभावित पारी आफनो पक्षमा अनुकुल पार्न पार्टी सभापती शेरबहादुर देउवाले व्युरोकेट्स प्रयोग गरीरहेको अरोप समेत लगाए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु रेवतीप्रसाद भुसाल कपिलबस्तु सभापती सुरेन्द्रराज आर्चाय रोल्पाका सभापती अमर पुन गुल्मीका सभापती भुवन श्रेष्ठ राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष गोबिन्द पोखरेल लगायतले बोल्दै पार्टीलाइ चलायमान बनाउन सक्ने सशक्त नेतृत्व अवको आवश्यकता भएको भनाइ राखे । कार्यक्रममा सम्पर्क समितिका सभापती घनश्यम पन्तको अध्यक्षता सचिव छाया पोखरेलको संचालनमा भएको कार्यक्रममा महासमिति सदस्य महेन्द्र भण्डारी गुल्मी सचिव खिलध्वज पन्थी रुपन्देही क्षेत्र न २ का क्षेत्रीय सभापती हरि लम्साल बुटवल नगर सपभाती खेलराज पाण्डे डिएलएका केन्द्रिय उपाध्यक्ष गोकर्णसिंह थापा संस्थाका सल्लाहकार हरिबहादुर आर्चाय क्षेत्री लगायतले बोल्दै अवको निर्वाचनमा काँग्रेस एकल रुपमा जानु पर्ने धारणा राखे ।
प्रकाशित मिति : बुधबार, कार्तिक १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्