काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा भण्डारीले प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका गंगाप्रसाद यादवलाई मंगलबार पदमुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्