विभिन्न पार्टी परित्याग गरी भैरहवामा ८ सय बढि नेपाली काँग्रेसमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी भैरहवामा ८ सय बढि नेपाली काँग्रेसमा प्रवेश

उद्योगी व्यवसायीलाई दुःख नदिन गृहमन्त्री खाँणको सुरक्षा निकायलाई निर्देशन

भैरहवा

रुपन्देहीको भैरहवामा उद्योगी, ब्यवसायी र विभिन्न पार्टीका ८ सय बढी ब्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटी रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको मन्त्री खाँणको स्वागत, सम्मान, बधाई तथा पार्टी प्रवेश कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिलिप कुमार कान्दु, कार्यसमिति सदस्य संजय वेरिवाल, पूर्व वडाअध्यक्ष भरतसिंह विजुक्छे, रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्तासहित विभिन्न पार्टी परित्याग गरी ८ सय बढी नेपाली काँग्रेसमा प्रवेश गरेका नेपाली काँग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काले जानकारी गराउनु भयो । वेरिवाल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा उम्मेदवार बन्नुभएको थियो ।
नेपाल सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले उनीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको हो ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले आजको पार्टी प्रवेश कार्यक्रमले नेपाली काँग्रेसलाई नयाँ उर्जा मिलेको बताउदै आउने दिनमा नेपाली काँग्रेस थप सबल र सुदृढ हुने संकेत देखिएको उल्लेख गर्नुभयो ।
गृहमन्त्री खाँणले मुलुकका कुनै पनि उद्योगी व्यवसायीलाई दुःख नदिन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । गृह मन्त्रालय मातहत रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उद्योग व्यवसायीको साथ दिन मन्त्री खाँणले निर्देशन दिनुभयो ।
मन्त्री खाँंणले भन्नुभयो– ‘गृह प्रशासनले जनताको साथ दियो कि दिएन यसको आम नागरिकले समुचित मुल्यांकन गर्नुपर्छ ।’ प्रहरी जनताको साथी भएकाले प्रहरी प्रति नागरिकले सम्मानजनक व्यवहार गर्नुपर्छ ।’
नेपाल प्रहरीमा थपिएको १५ प्रतिशत राशन भत्ता तल्लो तह सम्म पु¥याउन पनि प्रहरीका उच्च अधिकारीहरुलाई मन्त्री खाँणले निर्देशन दिनुभएको छ ।
१५ प्रतिशतले वृद्धि गरिएको राशन भत्ताको सुविधा देशभरका सबै जवानहरुले प्राप्त गर्न सकुन् भन्दै मन्त्री खाँणले सुरक्षा निकायमा थपिएको दर्जाले उनीहरुको मनोबल बढाउने विश्वास ब्यक्त गर्नुभयो । प्रहरीको बढुवामा लामो समय लाग्ने गरेकोले दर्जा थप गरिएको हो भन्दै उहांले यसले ८० हजारको संख्यामा रहेको नेपाल प्रहरीमा ६० हजार बढी प्रहरीको वृत्ति विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

‘कोभिड महामारीको रोकथाममा प्रहरी प्रशासनको महत्वपूर्ण योगदान रहेको छ । महामारीको बेला फ्रन्टलाइनमा रहेर काम गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सफाईकर्मी, स्वास्थ्यकर्मी लगायत सबैलाई सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छौं ।’ मन्त्री खाँणले भन्नुभयो । कोभिड महामारीबाट केही सहजता भए पनि पूर्ण जोखिम अन्त्य नभएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्न आवश्यक रहेको उहांको भनाइ थियो ।
ठूलो वर्षाका कारण बाढी पहिरोले सयौं बढी नेपालीको ज्यान गुमेको बताउंदै उहांले नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री खाँंणले काँंग्रेसका नेता कार्यकर्ता जनताको सेवक भएको बताउदै पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा भए पनि एकढिक्का भएर अगाडी बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुुल रज्जाकले मुलुकमा संकट आउँदा समस्या समाधानका लागि काँग्रेस सधै अगाडी आएको बताउनु भयो । उहांले कम्युनिष्ट नेतृत्वको दुईतिहाई बहुमतको सरकार सञ्चालन हुन नसकेको टिप्पणी गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्न काँग्रेस सरकारमा गएको बताउनु भयो ।
नेपाली काँग्रेस सिद्धार्थनगर नगर समितिका सभापति कोशिष बहादुर खड्काको सभापतित्व, उपसभापति देवराज न्यौपानेको स्वागत तथा सचिव हरि केसीको सञ्चालनमा कार्यक्रम भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँ र नेपाली कांग्रेस सिद्धार्थनगरका बुथ सभापतिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij