बुटवल
पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषण गरेको छ ।
नेपाल नेपाल कम्यूनिष्ट पार्टीका महासचिब विप्लवले एक विज्ञप्ति जारी गर्दै मुल्यबृद्वि बिरूद्व नेपाल बन्द समेतको आन्दोलनको घोषणा गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सहितको ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।
अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्