काठमाडौँ – रोल्पामा पिकअप जीप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बिहान माडी गाउँपालिका ६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटनामा हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने थप तीनजना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याइएको डिएसपी सुवेदीले बताए ।
मृतक र घाइतेको परिचय खुलिसकेको छैन । ‘दुर्घटनास्थल निकै भिरालो छ,’ उनले भने, ‘तैपनि प्रहरीले अरू पनि दुर्घटनास्थलमा छन् कि भनेर खोजी गरिरहेको छ ।’ जीप नम्बर कति जना सवार थिए भन्ने पनि नखुलिसकेको डिएसपी सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्