कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा

कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा बस्दैछ । महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न शनिबार कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठक बसेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठकले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ भने महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नेछ ।

त्यस्तै विभिन्न देशमा रहेका जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यता सूची अनुमोदन गर्नेबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता विवादलाई लिएर रौतहटका केहि नेता कार्यकर्ताहरु अनसनमा बसकाले केन्द्रीय समिति बैठक सभापति देउवाको निजी निवासमा बसेको हो ।

प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij