महेश बाबूको बैंक खाता रोक्का

महेश बाबूको बैंक खाता रोक्का

बुटवल । दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबूको बैंक खाता सरकारले रोक्का गरेको छ ।

समयमै कर नतिरेको भन्दै भारतको वस्तु तथा सेवा कर विभागले उनको बैंक खाता रोक्का गरेको हो ।

महेश बाबूले १८.५ लाख रुपैयाँ बराबरको कर नबुझाए पछि विभागले कार्बाहीको रुपमा यो कदम चालेको हो ।

महेश बाबूले सन् २००७–८ मा गरेका आम्दानीको कर नबुझएपछि अहिले ब्याज र जरिवाना लगाएर ७३.५ लाख रुपैया तिनुपर्ने देखिएको छ ।

उक्त रकम असुल गर्नका लगि विभागले महेश बाबूको एक्सिस बैंक र आईसीआईसीआई बैङ्क गरी २ वटा खाता रोक्का गरेको हो ।

सन् २००७–८ मा महेश बाबूले कैयौं ब्राण्डका विज्ञापन तथा फिल्ममा अभिनय गरेर कमाएको रकमको कर तिरेका थिएनन् ।

महेश बाबू दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता हुन् । साथै उनी दक्षिण भारतीय फिल्म उद्योगमा सर्वाधिक पारिश्रमिक लिने अभिनेतामध्येका एक हुन् ।

उनले दक्षिण भारतीय फिल्म उद्योगमा कैयौं सुपरहिट फिल्ममा काम गरिसकेका छन् ।

साथै सामाजिक संजालमा साउथ अभिनेता मध्य महेश बाबूका फ्यान फलोइङ सबैभन्दा धेरै रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij