बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

file photo

धनगढी – बैतडीमा भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो ।

आइतबार बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जिप दुर्घटनामा परेको थियो । जिपमा ७ जना सवार थिए । पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij