नेपाली काँग्रेसको रुपन्देही क्षेत्र नं. १ मा हिरा केसी निर्वाचित हुनु भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट केसी पुन क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो ।
विश्वनाथ यादवसंग भएको प्रतिस्पर्धामा सभापतिमा विजयी केसीले ३९६ मत प्राप्त गर्नुभएको थियो भने यादवले २१५ मत प्राप्त गर्नुभएको हो । त्यस्तै सचिव पदमा बैजनाथ शाहनी र बिजय गुरुङ् तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित हुनु भएको छ । सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समुहकै हुन् ।
महाधिवेशन प्रतिनीधिको भने अझै मतगणना सकिएको छैन ।
प्रकाशित मिति : मंगलबार, मंसिर ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्