कांग्रेस महाधिवेशन रुपन्देही क्षेत्र नं ३ मा देउवा पक्षीय सुशील गुरुङको प्यानल बिजयी

कांग्रेस महाधिवेशन रुपन्देही क्षेत्र नं ३ मा देउवा पक्षीय सुशील गुरुङको प्यानल बिजयी

भैरहवा – नेपाली कांग्रेस १४ औं अधिवेशन अन्र्तगत रुपन्देही क्षेत्र नम्बर ३ को अधिवेशनमा शेर बहादुर देउवा समुहका शुसिल गुरुङको प्यानल बिजयी भएको छ । सभापति पदका लागी गुरुङले ३ सय ७७ मत ल्याई बिजयी भएका हुन भने उनका निकटता प्रतिद्धन्द्धी मातृका प्रसाद यादवले २ सय ४२ मत प्राप्त गरेका थिए ।

यस्तै सभापति पदका अर्का उम्मेदवार महेन्द्र प्रसाद यादवले ४ मत प्राप्त गरे । सचिव पदमा ४ जना उम्मेदवारी दिएकोमा गुरुङ प्यानलकै बिजयी भएका छन् । सचिवको लागी भवानी प्रसाद शर्माले ३ सय ७६ मत, लेखनाथ भट्टराईले ३ सय ६२ मत तथा यादव प्यानलका शैलेष कुमार पन्तले २ सय १८ र टंक प्रसाद पाण्डेले २ सय २७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जनाए ।

सहसचिवमा पनि गुरुङ प्यानलकै कुल प्रसाद न्यौपानेले ३ सय ७२ मत र प्रेम सागर थारुले ३ सय ८२ मत ल्याउदा यादव प्यानलका अमृता लम्सालले २ सय २५ तथा सुरेन्द्र धवलले २ सय १० मत प्राप्त गरे । क्षेत्रिय सदस्य एवम केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पनि गुरुङ समूहकै एकल वर्चस्व रहेको छ । क्षेत्रिय सदस्य एवम केन्द्रिय महाधिवेशन प्रतिनिधिमामा गुरुङ प्यानलकै उम्मेदवारहरु बिजयी भएका छन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij