भैरहवा – सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको शनिबार मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका-४ का ५३ वर्षीय गीतानाथ खनालसहित उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।
बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नम्बरको ट्रकले खनाल सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । ट्रकको ठक्करबाट घाइते भएका दुवै जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्