राप्रपाको शपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित

राप्रपाको शपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित

काठमाडौँ । राप्रपाको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित भएका हुन् ।  अध्यक्षमा पराजित भएपछि आफ्नो पराजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘नाङ्गो हस्तक्षेप’ गरेको आरोप लगाएका थापा शपथ ग्रहण कार्यक्रममा अनुपस्थित भएका हुन् ।

कार्यक्रममा निवर्तमान अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने उपस्थित भएका छन् । राणाले थापालाई समर्थन गरेका थिए भने लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए ।

प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij