काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्यानल पनि तय भएको छ । १४औँ महाधिवेशनबाट सभापतिमै दोहोरिन चाहेका उनले उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाएका छन् । महामन्त्रीमा अहिलेका सह–महामन्त्री प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बन्ने भएका छन् ।
सहमहामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार हुने भएका छन्। थारुतर्फ सहमहामन्त्रीका उम्मेदवार उमाकान्त चौधरी हुने भएका छन्।
प्रकाशित मिति : शनिबार, मंसिर २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्