काठमाठौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत साढे १२ बजेसम्म दिइएको उम्मेदवारी मनोनयन फिर्ताको समयमा एक सभापतिका उम्मेदवारसहित ५५ जनाले मनोनयन फिर्ता लिएका छन्।
केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले आफूले उम्मेदवारी फिर्ता लिएसँगै शेखर कोइरालाको प्यानललाई सहयोग गर्नेसमेत बताए।
कांग्रेसको सभापतिको उम्मेदवारमा न्यौपानेसहित शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ र विमलेन्द्र निधिले उम्मेदवारी दिएका थिए। न्यौपानेले फिर्ता लिएसँगै अब पाँच जनाको मात्र उम्मेदवारी कायम रहेको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२:३० बजेसम्म कायम गरिएको हो।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिनेछ भने मतदान भोलि मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।
प्रकाशित मिति : आइतबार, मंसिर २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्