काठमाडौँ – दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाको कार्यकालमा लोकतन्त्र सुदृढ हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट देउवा सभापतिमा पुनः निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नेता खाँणले अब पार्टीलाई अझ सक्षम र सुदृढ हुने बताएका हुन् ।
देउवा नेपाली राजनीतिका परिपक्व नेता भएको उनले टिप्पणी गरे । देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने खाँणले विश्वास व्यक्त गरेका छन् । ‘प्रजातान्त्रिक शक्ति हासिल गरेर उहाँ सभापतिमा निर्वाचित हुनु भएको छ । पार्टी सहमति र सहकार्यमै अगाडि बढ्छ । उहाँको नेतृत्वमा स्थानीय, प्रदेश र संघको निर्वाचन हुन्छ । त्यसका लागि तयारी हुनेछ,’ उनले भने ।
कांग्रेसलाई अझ सुदृढ र क्रियाशील बनाएर लैजाने अभिभारा रहे पनि आफूहरूमा केही व्यवस्थापकीय कमीकमजोरी रहेको स्वीकार गर्दै खाँणले त्यस्ता कमीकमजोरी सुधार गर्दै लगिन बताए । निर्वाचन व्यवस्थापनमा केही त्रुटि भएको र मतदाताले पनि गुनासो गरेकाले त्यसलाई आगामी दिनमा सच्याएर लैजाने पनि खाँण प्रतिबद्धता जनाए ।
प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्