कांग्रेस महिला खुला केन्द्रीय सदस्यकाे नतिजा आयाे, कसकाे कति मत ?

कांग्रेस महिला खुला केन्द्रीय सदस्यकाे नतिजा आयाे, कसकाे कति मत ?

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

 

९ जनाका लागि ३० जनाले प्रतिस्पर्धा गरेको निर्वाचनमा डा. डिला संग्रौलाले सर्वाधिक ल्याएकी छन्। कूल चार हजार ६७९ मतमध्ये संग्रौलाले २८८५ मत ल्याएकी छन्। २७१८ मत प्राप्त गरी पुष्पा भुसाल दोस्रो बनेकी छन् भने डा. आरजु राणा देउवा २५३६ मत ल्याएर तेस्रो स्थानमा छन्।

यस्तै अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा कोइराला पौडेल १८५८, शुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९  मत ल्याएर विजयी भएका छन्। आइतबारदेखि सुरु भएको मतगणना भर्खरै सकिएको हो।

 

 

प्रकाशित मिति : सोमबार, पुष ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij