मानव अधिकार रक्षक भेला बुटवलमा शुरु

मानव अधिकार रक्षक भेला बुटवलमा शुरु

अधिकार र कर्तव्यलाई सँगै लैजानुपर्छ : मन्त्री घर्ती

रुपन्देही -लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार रक्षक भेला आजदेखी बुटवलमा शुरु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा शुरु भएको भेलाको उदघाटन गर्दै कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले मानवाधिकारको संरक्षणमा सबैको सहकार्य आवस्यक रहेको बताउनुभयो ।
मानव अधिकारको कुरा गर्दा अधिकार र कर्तव्यलाई संगसंगै लैजानुपर्नेमा उहाँको जोड थियो । “नियम भन्दा माथी ऐन हुन्छ, ऐनमाथी संविधान हुने भएकाले सबैले यसको अक्षरस पालना गर्नु सबैको कर्तव्य हो”, उहाँले भन्नुभयो ।
मन्त्री घर्तीले कानुन कागजमा मात्रै भएर नागरिकका अधिकार रक्षा नहुने भएकाले यस्मा सरकारलाई जवाफदेही बनाउन मानव अधिकार रक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदीले मानव अधिकार रक्षकको भुमिका समय अनुसार परिवर्तन हुँदै गएकाले आफ्नो कर्तव्य र भुमिकाप्रती मानव अधिकार रक्षक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नयाँ संविधानको कार्यान्वयनका लागि नागरिकको जिउधनको सुरक्षा संगै हाम्रो संविधानमा मौलिक हकलाइ प्रमुखकताका साथ उल्लेख गरीयपनी आर्थिक, सामाजिक र सास्कृतिक अधिकार कार्यान्वयन अत्यन्तै कम्जोर रहेको बताउनुभयो । “हामिले उत्कृष्ट संविधान बनायौ तर कार्यान्वयन प्रक्रिया कमजोर छ ।“
बेथिति भ्रष्टाचारका बिरुद्द सबै जनता बोलन नसक्ने भएकले जनताको जीवनसङग जोडिएका विषयमा आवाज उठाउन मानव अधिकार रक्षकको भुमिका महत्वपूर्ण हुने मुख्यन्यान्याधिबक्ता सुवेदीको भनाइ थियो । उहाँले प्रदेशमा मानव अधिकार रक्षक सम्बन्धि कानुन ल्याउने तयारी भइरहेको जानकारी समेत गराउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्रका कार्यसमिति सदस्य शोभाखर बुढाथोकीले प्रदेशमा बन्ने कानुनमा पनि मानव अधिकारका विषयलाई प्राथमिकता साथ समाबेश गर्न आग्रह गर्नुभयो । उहाँले मानव अधिकारका आयाम परिवर्तन हुँदै गएकाले बदलिएका अधिकारका सवाललाई पनि समेट्न आवस्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य द्वय महेन्द्र पाण्डे, तिर्थ ज्ञवाली, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख सन्तोष आचार्य, प्रहरी दङगा नियन्त्रण गण बुटवलका प्रहरी बरिस्ठ उपरीक्षक रामेश्वर कार्की, इन्सेक प्रतिनिधि रिमा बिसी लगायतले मानव अधिकार रक्षकले निरन्तर नागरिकका आवज उठाउदै आएकाले उनीहरुको अधिकारको रक्षा र सुरक्षाको जिम्मेवारी सरकारको भएको बताउनुभयो ।
दुइदिनसम्म चल्ने भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाका ५९ जना मानवअधिकार रक्षकको सहभागिता रहेको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला गुप्ताले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, पुष ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij