कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आजै दल दर्ता गर्ने

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आजै दल दर्ता गर्ने

काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने भएको छ । पार्टीको १४औँ महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।

आयोगले केही दिनअघि पुस १० गते अन्तिम समय तोकी दल दर्ताको सूचना प्रकाशन गरेको थियो । यसैगरी बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णयसमेत गरेको छ ।

यसबाहेक बैठकले महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रुपान्तरणको भावना आत्मसात् गर्दै पार्टीमा सुदृढ एकता कायम गरेर अगाडि बढ्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । यसैगरी बैठकले महाधिवेशन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिने निर्णयसमेत गरेको उनले जनाए ।

प्रकाशित मिति : शनिबार, पुष १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij