बुटवलमा नेपाली सेनाको अस्पताल र विद्यालय बन्ने: प्रधानसेनापतिद्धारा भवनको शिलान्यास

बुटवलमा नेपाली सेनाको अस्पताल र विद्यालय बन्ने: प्रधानसेनापतिद्धारा भवनको शिलान्यास

बुटवल -नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले बुटवलमा सैनिक अस्पताल र आवासीय महाविद्यालय भवनको शिलान्यास गर्नु भएको छ ।
सैनिक कल्याणकारी योजना अन्तर्गत नेपाली सैनिक कल्याणकारी कोषको लगानीमा रुपन्देहीको खस्यौली ब्यारेक हाताभित्र निर्माण हुने सैनिक आवासीय महाविद्यालय भवन र श्री नं २२ बाहिनी अड्डा योगिकुटी ब्यारेक हाताभित्र सैनिक अस्पतालकोे एक कार्यक्रमका शिलान्यास गर्नु भएको हो ।
सोहि अवसरमा प्रधान सेनापति शर्माले लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष शिष्टाचार भेटबार्ता गर्नुभएको थियोे । बुटवल उपमहानगरपालिका–१ मा अवस्थित ऐतिहासिक जीतगढी किल्लाको समेत प्रधान सेनापति शर्माले अवलोकन गर्नुभएको थियो । अवलोकनको दौरान प्रधान सेनापति शर्मालाई श्री गरुडदल गणका गणपति प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले ऐतिहासिक जितगढी किल्ला पुनः निर्माण कार्य सम्बन्धी गुरु योजनाका वारेमा जानकारी गराउनु भएको .थियो ।
कार्यक्रममा स्थानिय इतिहास सम्बन्धी जानकार व्यक्ति रविन्द्र लाकोल तथा वडा अध्यक्ष महेन्द्र प्रसाद लिगल समेतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : आइतबार, पुष ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij