कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनित

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनित

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । मनोनीत मध्ये धेरैजसो भर्खरै भएको १४ औँ महाधिवेशनमा विभिन्न पदमा पराजित भएकाहरू छन् ।

सभापति देउवाले नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा‍‍. प्रकाशशरण महत र सुजाता कोइराला, कृष्णप्रसाद सिटौला, उमा रेग्मी र मीन विश्वकर्मा छन् ।

मनोनयन गरिएका मध्ये पौडेलले १४ औँ महाधिवेशनको सबै प्रकृयाबाट बाहिर रहने निर्णय गरेका थिए भने सिंह र निधी सभापतिका प्रत्याशी थिए । दोस्रो चरणमा उनीहरूले सभापतिमा देउवालाई समर्थन गरेका थिए । यस्तै गच्छदार देउवा प्यानलबाटै उपसभापतिका उम्मेदवार थिए । उनलाई धनराज गुरुङले दुई मतले हराएका थिए ।

सुजाता कोइराला सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार थिइन् भने डा महत महामन्त्रीमा पराजित भएका थिए । देउवाले आफ्नै प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेर पराजित भएका प्रदीप पौडेलसहित शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेर पराजित भएका भने कसैलाई मनोनयन गरेका छैनन् ।

 

प्रकाशित मिति : शनिबार, पुष १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij