काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
बैठक सोमबार दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा कोषाध्यक्ष मनोनित गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।
१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो । कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक शनिबार बसेको थियो ।
प्रकाशित मिति : सोमबार, पुष १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्