एमाले जिल्ला अधिवेशन आज, ओलीले भर्चुअल उद्घाटन गर्ने

एमाले जिल्ला अधिवेशन आज, ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)जिल्ला अधिवेशन आज हुँदैछ । केही हिमालीबाहेक सबै जिल्लाको अधिवेशन आज हुने भएको हो ।

अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्ने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमाले १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ हुन लागेको हो । प्रदेश अधिवेशन आगामी ८ माघमा हुने तय भएको छ ।

यसैबीच, एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा ‘सर्कुलर’ गरेको छ । कमिटीसम्बन्धी मापदण्डअनुसार पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।

सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । त्यस्तै, एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसार हुनेछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

प्रदेश २ का केही विवादित जिल्लामा अधिवेशन पछि हुने बताइएको छ । एमाले सचिव एवं प्रदेश २ इन्चार्ज रघुवीर महासेठले आफूखुसी सदस्य मनोनित गर्न थालेपछि विवाद चर्किएको हो ।

प्रकाशित मिति : शुक्रबार, पुष २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij