राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । आयोगले आइतबार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरेको हो ।

यस्तै उम्मेदवारहरुलाई निर्वाचन चिह्न पनि प्रदान गरिएको आयोगले जनाएको छ ।

आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र काँग्रेस उम्मेदवारलाई रुख चुनाव चिन्ह प्रदान गरेको छ । यस्तै लोसपाका उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा नेमकिपाका उम्मेदवारलाई मादल चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, पुष २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij