काठमाडौं – सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गर्दै सरकारले उक्त निर्णय गरेको हो । तर, राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ ।
यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको बताइएको छ ।
प्रकाशित मिति : शनिबार, माघ १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्