नयाँगाऊँ माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब (आईसिटी) उद्घाटन

नयाँगाऊँ माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब (आईसिटी) उद्घाटन

बुटवल–१२स्थित नयाँगाऊँ माध्यामिक विद्यालयमा कम्प्युटर प्रयोगशाला (आईसिटी) सञ्चालनमा आएको छ । कम्प्युटर प्रयोगशालाको मंगलबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गरिन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमत अन्तर्गत विद्यालयमा कम्प्युटर ल्याब सञ्चालनमा गरिएको हो । प्रयोगशालाको उद्घाटन गर्दै उपप्रमुख आचार्यले बुटवलको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन समग्र बुटवल एक विद्यालय अभियान सुरु गरेको बताइन् ।

उनले बुटवल गुणस्तरीय शिक्षा विकासमा नगरपालिका जुटेको बताइन् । विद्यालयका प्रधानाध्यापक पुरुषाेत्तम भट्टराईले ६ लाख रु५० हजार रुपैयाँमा ४० वटा कम्प्युटर सहित ल्याब सञ्चालनमा आएको बताए । उनले अहिले एक ल्यापटप,एक फाेटाेकपि मेसीन,२ कम्प्युटर ,सात थान सिसिटिभी जडान गरिएको जानकारी दिए । भट्टराईले विद्यालय पछिल्लो समय विद्यार्थीको रोजाइमा परेको बताए ।

कार्यक्रममा बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुबेदीले कम्प्युटर शिक्षासँगै प्रयोगशालाले शैक्षिक सुधारमा राम्रो सुधार ल्याउने बताए । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्याल, बिद्यालयका सल्लाहकार डि आर भण्डारी, शिक्षक राप्रसाद  बञ्जाडे लगायतले बोलेका थिए ।

प्रकाशित मिति : बुधबार, माघ १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij