मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज बस्ने बताए । उनले भने, ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपछि आज मन्त्रिपरिषदको बैठक बस्दैन । अब अर्को बैठक सोमबार बस्छ होला ।’ यस्तै महिला बालबालिका मन्त्री उमा रेग्मीले पनि मन्त्रिपरिषद बैठक बस्ने टुंगो नभएको बताइन् । बिहिबार मन्त्रिपरिषद बैठक बसेर निर्वाचनको मिति घोषणा हुने अनुमान थियो ।मंगलबार निर्वाचन आयोगका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने बताएका थिए । आयोगले ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो ।
आयोगले प्रस्ताव गरेको मितिमा आवश्यक प्रक्रिया पुर्याएर मिति घोषणा गर्न सकिने बताएका थिए । तर आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएपछि निर्वाचनको मिति तोक्न पनि बिलम्ब हुने भएको छ । सरकारले निर्वाचनको मिति घोषणा नगरिदिँदा आयोगले निर्वाचन कार्यतालिका ल्याउन सकेको छैन
आयोगका अनुसार निर्वाचनको मिति घोषणापछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्नुपर्छ । सरकारले मिति घोषणा गर्न बिलम्ब गर्दा आयोगलाई समयको चाप बढ्ने देखिको छ ।
प्रकाशित मिति : बिहिबार, माघ २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्