कृष्णनगरका नगर प्रमुख शाहसहित हजार बढी कार्यकर्ता कांग्रेस प्रवेश

कृष्णनगरका नगर प्रमुख शाहसहित हजार बढी कार्यकर्ता कांग्रेस प्रवेश

कपिलवस्तु ।

 

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाह आज शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

शाह सहित हजार बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।शाहलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सासंद अभिषेक प्रताव शाह, जिल्ला सभापति अब्दुल कलाम खाँ ले संयुक्त रुपमा स्वागत गरेका हुन् । पार्टी प्रबेश कार्यक्रममा नगर प्रमुख शाहसहित ३ जना वठ अध्यक्षले समेत नेपाली कांग्रेस रोजेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वार दिएर कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : शनिबार, माघ २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij