स्वास्थ्य सचेतना कार्यक्रम गर्दै प्रेस चौतारी रुपन्देहीले मनायो स्थापना दिवस

स्वास्थ्य सचेतना कार्यक्रम गर्दै प्रेस चौतारी रुपन्देहीले मनायो स्थापना दिवस

बुटवल

आफ्नो २४ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपालले विभिन्न कार्यक्रम गरेको छ । यसैबीच प्रेस चौतारी नेपाल, रुपन्देही शाखाले शनिबार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । बुटवल, भैरहवा र सैनामैनामा मास्क वितरण गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।बुटवलको नयाँ बसपार्कमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत के.सी.ले कोभिड–१९ महामारीबाट बच्न र बचाउन मास्क वितरण कार्यक्रम प्रभावकारी भएको बताए । उनले श्रमजीवि पत्रकाहरुको हकहितका लागि संगठन आगामी दिनमा अझ सशक्त भएर अघि बढ्ने बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज प्रदिप आचार्य, रुपन्देही जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवालीले स्वास्थ्य मापदण्ड पालना गरेर कोरोना महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनपर्नेमा जोड बताए ।त्यस्तै प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । स्थापना दिवस रुपन्देही शाखाले जिल्लाका विभिन्न पालिकाहरुमा स्वास्थ्य सचेतना कार्यक्रम गरी मनाउने कार्यक्रमअनुसार भैरहवास्थित मिलनचोकमा मास्क वितरण गरिएको प्रेस चौतारी नेपाल रुपन्देहीका सह–सचिव रबिन्द्र प्रताप गुप्ताले बताए ।प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य कुलमणि ज्ञवालीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ कार्यक्रम गरेका थिए । सो अवसरमा बोल्दै ज्ञवालीले कोभिड–१९ संक्रमणबाट बच्न र बचाउन सञ्चार माध्यमबाट पनि सचेतना फैलाउनुपर्ने बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल रुपन्देहीका पूर्व उपाध्यक्ष अरुण ज्ञवाली, कार्यसमिति सदस्य मोहम्मद हबिब, पत्रकार दीपेश पछाई, शशि पन्थी, महेश गुप्ता, श्री रायमाझी, आयुश अधिकारी, भीम भण्डारी, सचिन्द्र तुलाधर लगायतको उपस्थिति रहेको थियो ।त्यस्तै स्थापना दिवसको अवसरमा सैनामैनाको मुर्गियामा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख कार्कीले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला शाखाको कार्यक्रम अन्तर्गत सैनामैनामा पनि कार्यक्रम गरी कोभिड महामारीको समयमा स्वास्थ्यप्रति सचेत गराउँदै मास्क वितरण कार्यक्रम गर्नु सकारात्मक रहेको बताए । उनले श्रमजीवि पत्रकारहरुको हकहितका लागि संगठनले उत्कृष्ट कार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिदै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत के.सी.ले स्थापना दिवसको अवसरमा कोभिड—१९ को संक्रमणको जोखिम कायमै रहेकाले सवारीचालक, सह–चालक र यात्रुसँगै अन्य सर्वसाधारणलाई सचेत गराई मास्क वितरण गर्नु उदाहरणीय रहेको बताए । उनले श्रमजीवि पत्रकाहरुको हकहितका लागि संगठन आगामी दिनमा अझ सशक्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव केशव भण्डारीको अध्यक्षता, सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुुर कार्कीको प्रमुख आतिथ्यता, नेकपा एमाले सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपानेको विशिष्ट आतिथ्यता, प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज प्रदिप आचार्य, केन्द्रिय सदस्य युवराज पाण्डे, इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख जीवन लामिछाने, सैनामैना व्यापार संघका अध्यक्ष गणेश प्रसाद भुसालको आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा प्रेस चौतारी नेपाल रुपन्देहीका सह–सचिव दिपक न्यौपाने, कार्यसमिति पदाधिकारी, सदस्य लगायतको उपस्थिति थियो । प्रेस चौतारी नेपाल रुपन्देहीका जिल्ला सदस्य टिकाराम खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, माघ २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij