आगामी चुनावमा गठबन्धन गर्नुपर्छः रामचन्द्र पौडेल

आगामी चुनावमा गठबन्धन गर्नुपर्छः रामचन्द्र पौडेल

काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन् । कतिपयले राष्ट्रिय सभासम्म मात्र गठबन्धन भनेको भन्दै उनले भनेका छन्, ३० प्रतिशत कांग्रेससँग मत छ । ७० प्रतिशत कांग्रेसभन्दा बाहिर छ । ७० प्रतिशत एकैठाउँमा गयो भने के हुन्छ ?’
कांग्रेसको गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सुरुमा आफू पाँचदलीय समन्वय समिति गठनको पक्षमा नरहेको बताए । पार्टी सभापति शेरबहादुर देउवाले केही नबालेको र नेता कृष्णप्रसाद सिटौलाले हुन्छ(हुन्छ भनेजस्तो गरेको बेला आफू प्रचण्ड र माधवकुमार नेपालको मनोविज्ञान बुझेर संयन्त्र बनाउन तयार भएको सुनाए ।
केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनमा हालिमुहाली गर्ने गरी अघि बढेको भन्दै उनले भने, ‘प्रचण्डले पनि असुरक्षित महसुस गरेजस्तो, माधव नेपालले पनि असुरक्षित गरेजस्तो पाएँ । असुरक्षित महसुस गर्दागर्दै कहाँ पुग्न सक्नुहुन्छ भनेर विचार गरें ।’
अहिले कांग्रेससँग ३० प्रतिशत मात्र मत रहेको र ७० प्रतिशत बाहिर रहेको उनले बताए । उनले अघि भने, एक्लै जान्छौं, तिमीहरू नजिक आउनु पर्दैन भन्न थाल्नुभयो भने त्यो बेला बाध्य भएर सबै एकै ठाउँमा पुग्यो भने के हुन्छ ?’

गठबन्धनकै बलमा कांग्रेसले राष्ट्रियसभामा तीन सांसद थप्न सकेको नेता पौडेलले बताए । ‘प्रधानमन्त्री पद पनि पाएकै हो, राष्ट्रियसभामा ६ जना जिताएका छौं । एक्लै पाएको हो ?’ उनले भने, ‘अब यो गठबन्धन तोडेर जाने कहाँ ?’

‘जहाँ एक्लै लडेर जित्नसक्छौं, त्यहाँ एक्लै लडौं । जहाँ आफ्नो स्थिति पनि कमजोर छ, उताको स्थिति पनि कमजोर छ । दुबै मिलेर जितिन्छ भने किन नमिल्ने ?’
समावेशी प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत नआउने भन्दै उनले कोलिसन कल्चरलाई संविधानले अनिवार्यजस्तै बनाएको बताए । वरिष्ठ नेता पौडेलले भने, ‘राजनीतिक बुद्धिमानी आवश्यक छ, म नेताहरूलाई सम्झाउन चाहन्छु ।’

प्रकाशित मिति : आइतबार, माघ २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij