यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाण्डाै – सरकारले राष्ट्रिय प्रसारण (एघारौँ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने भएको छ । हिजाे सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौँ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताउनुभएको हो ।

त्यस्तै सरकारले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ । सञ्चार मन्त्री कार्कीका अनुसार सरकारले बर्ड फ्लु नियन्त्रण गर्न मोरङकाे विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारले सिङ्गापुर, इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरूको अवधि थप गर्ने निर्णय गरेको छ । त्यस्तै डिजिटल प्रणालीमार्फत् नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोटको सडक सीमाभित्र परेका तीन वटा घरटहराको राहत स्वरूप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

उहाँले सरकारले बाल अधिकारसम्बन्धफ अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र सङ्घमा पेस गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै सरकारले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्कीले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसअनुसार विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापन गर्ने निर्णयसमेत गरेको बताउनुभयो ।

यस्तै सरकारले नसर्ने रोगहरूकोे रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : मंगलबार, माघ २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij