तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ मा २ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसको वडा समितिले आयोजना गरेको सम्मान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक र रुपन्देही सभापति रामकृष्ण खाँणले पार्टी प्रवेश गराउनु भएको हो ।
त्यस अवसरमा बोल्दै केन्द्रीय सदस्य रज्जाकले पार्टीको आन्तरिक निर्वाचनमा भएका तितामिठा कुरा भुलेर आगामी स्थानीय तहको निर्वाचनमा एकजुट हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
त्यस्तै काँग्रेस रुपन्देहीका सभापति खाँणले ईतिहासमा कम्युनिष्ट पार्टीले चुनाव गराएको ईतिहास नभएको बताउँदै लोकतान्त्रिक मुल्यमान्यताको रक्षाको लागि काँग्रेसले चुनाव गराउने दावी गर्नुभयो । अघिल्लो निर्वाचनमा बहुमत ल्याएको कम्युनिष्ट सरकारले मुलुकमा बिकास र स्थायित्व दिन पनि नसकेको र संविधान कार्यान्वयनको साटो पटक पटक संसद विघटन गरेको स्मरण गर्दै उहाँले बिकास, स्थायित्व र संविधानको कार्यान्वयनको लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नुपर्ने दावी गर्नुभयो ।
त्यस अवसरमा पार्टीको १४ औं महाधिवेशनबाट बिभिन्न तहमा निर्वाचित तथा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । वडा सभापति सन्तबहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस तिलोत्तमाका नगर सभापति हरिलाल पाण्डे, नेत्रबहादुर राना, क्षेत्रीय प्रतिनीधि दानबहादुर चौधरी, शोभा राना, तरुण दलका विनोद न्यौपाने, किरणकुमार श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम वडा सचिव बुद्धिवल न्यौपानेको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्