बिना निष्कर्ष सकियो सत्ता गठबन्धनको बैठक

बिना निष्कर्ष सकियो सत्ता गठबन्धनको बैठक

काठमाडौँ – प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बिहीबार प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसीबारे दुई घण्टासम्म छलफल भएको हो । तर छलफलमा कुनै सहमति नभएको र शुक्रबार बिहान १० बजे फेरि बैठक बस्ने सच्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

सरकारका प्रवक्ता एवं कांग्रेस नेता कार्कीले फाल्गुन १६ गते सम्ममा एमसीसी निष्कर्षमा पुग्ने दावी गरे । दलहरुका बीचमा एमसीसीका बारेमा हरेक कोणबाट छलफल भएको र कुनै ठोस निष्कर्ष निस्कन नसकेको उनले बताए । उनले एमसीसी सदनबाटै टुङ्गो लाग्ने दावी गरे । बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए ।

बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो ।

जनता समाजवादी पार्टीबाट संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । बैठक शुक्रबार बिहान १० बजे प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा  फेरि बस्ने सरकारका प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij